मुख्य सामग्रीमा जानुहोस्

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो [पूर्णपाठ]

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । शुक्रबारदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो [पूर्णपाठ]

काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । 

शुक्रबारदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो । 

विवरणअनुसार चिया बगान बाहेकका श्रमिकले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । 

चिया बगानका श्रमिकले मासिक न्यूनतम १३ हजार ८९३ रुपैयाँ पाउने छन् ।