मुख्य सामग्रीमा जानुहोस्

सुकेधारामा आज कांग्रेस इतर समूहको राष्ट्रिय भेला, देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ । बिहान ११:३० बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । भेलाको बन्दसत्र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौंमा आज नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला हुँदैछ । भेला बिहान ११:३० बजे सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुनेछ । निवर्तमान सभापति शेरबहादुर देउवाले सोही भेलामा सम्बोधन गर्ने तयारी छ ।

पाँच महिनापछि स्वदेश फिर्ती

देउवा स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका थिए । साउन २८ गते दिउँसो उनी काठमाडौं फर्किएका हुन् । कांग्रेस नेता–कार्यकर्ताहरूले उनको भव्य स्वागत गरेका थिए । विदेशबाट फर्किएलगत्तै उनी आजको राष्ट्रिय भेलामा सहभागी हुन लागेका हुन् ।

दुई दिने बन्दसत्र

इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने जानकारी दिएका छन् । बन्दसत्रका क्रममा विषयगत छलफल हुने र नयाँ नीति तथा कार्यक्रम तय गरिने नेताहरूको भनाइ छ ।

इतर समूहले भेलामा पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरेको छ ।