मुख्य सामग्रीमा जानुहोस्

खोटाङमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किचेर एक जनाको मृत्यु

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको धापमा आज बिहान ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किचेर एक जनाको ज्यान गएको छ । मृतक ३५ वर्षीय लिला मगर रहेका छन् भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा ट्याक्टरमा काठ लोड गर्ने क्रममा मुढाले किच्दा एक जनाको मृत्यु भएको छ ।

घटनाको विवरण

को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गरिँदै थियो । साउन २९ गते बिहान ४ बजेको झिसमिसमा काठ लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिका–३ धनकुटाका ३५ वर्षीय लिला मगरको ज्यान गएको हो ।

ट्याक्टरबाट लडेको मुढासँगै मगर पनि भुईंमा खसेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार मुढा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी कारबाही

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी छितापोखरीबाट खटिएको प्रहरी वरिष्ठ हवल्दार उमाकान्त राय नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गरेको थियो ।

ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–३ धनकुटाका १९ वर्षीय सुनिल गुरुङलाई अस्थायी प्रहरी चौकी छितापोखरीले नियन्त्रणमा लिएको छ ।