मुख्य सामग्रीमा जानुहोस्

खारखोलामा पहिरोले एक्स्काभेटर पुरिँदा चालक घाइते

राप्ती राजमार्गअन्तर्गत खरखोला–कपुरकोट सडक खण्डमा स्तरोन्नतिको काम भइरहेका बेला पहिरोले एक्स्काभेटर पुरेको हो। पहिरोमा परी एक्स्काभेटरको सिसा, बोनट र ट्यांकीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा शुक्रबार बिहान आएको पहिरोले सडक स्तरोन्नतिका क्रममा रहेको एउटा एक्स्काभेटर पुरेको छ। उक्त घटनामा एक्स्काभेटर चालक घाइते भएका छन्।

पहिरोले पुर्‍याएको क्षति

राप्ती राजमार्गअन्तर्गत खरखोला–कपुरकोट सडक खण्डको स्तरोन्नति भइरहेको बेला बिहान करिब ८ः५० बजे माथिबाट गिलो लेदोसहितको पहिरो खसेको थियो। सोही क्रममा प्र.०१–००३ क ७३२१ नम्बरको एक्स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिएको प्रहरीले जनाएको छ।

पहिरोको चपेटामा परेका कारण एक्स्काभेटरको सिसा फुटेको छ भने बोनट र ट्यांकीमा समेत क्षति पुगेको छ।

चालकको उपचार

दुर्घटनामा जाजरकोटको भेरीमालिका नगरपालिका–१० का २८ वर्षीय चालक कर्णबहादुर कामीको कुममा सामान्य चोट लागेको छ। उनलाई थप उपचारका लागि तुलसीपुर लगिएको प्रहरीले बताएको छ।