मुख्य सामग्रीमा जानुहोस्

गीतकार चुडा निर्भिकको ‘नेपाल मेरो प्राण हो’ युट्युबमा सार्वजनिक

गीतकार चुडा निर्भिकको शब्दमा तयार पारिएको देशप्रेममूलक गीत ‘नेपाल मेरो प्राण हो’ ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा रिमेश अधिकारीको संगीत तथा प्रताप दासको स्वर रहेको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

काठमाडौं । गीतकार चुडा निर्भिकको शब्दमा तयार पारिएको देशप्रेममूलक गीत ‘नेपाल मेरो प्राण हो’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रिमेश अधिकारीको संगीत रहेको छ भने प्रताप दासले स्वर दिएका छन् ।

देशभक्तिले ओतप्रोत यो गीतले युवापुस्तालाई राष्ट्रियताप्रति जोड्ने प्रयास गरेको छ । देशप्रेमी गीतहरूको सिर्जना घट्दै गएका बेला यसले सो अभावलाई केही हदसम्म पूरा गर्ने बताइएको छ ।

गीतको सन्देश

गीतकार निर्भिकले देश र राष्ट्रियताप्रतिको मोहलाई यस गीतमार्फत सुन्दर ढंगले प्रस्तुत गरेका छन् । देशप्रेमको भाव उराल्दै उनले देश बाँच्नुपर्छ भन्ने सन्देश युवापुस्तासम्म पुर्‍याउने कोसिस गरेका छन् ।

भिडियो र कलाकारहरू

६ मिनेट २४ सेकेन्ड लामो गीतको भिडियो ग्रामीण परिवेशमा खिचिएको छ । भिडियोमा एक युवकले राष्ट्रिय झन्डा बोकेर गाउँगाउँ डुल्दै राष्ट्रियताको भाव फैलाइरहेको देखाइएको छ ।

भिडियोको निर्देशन विजय गजमेरले गरेका हुन् । भिडियोमा एआर अर्जुन खड्का, विनिता दाहाल, अर्शुराम आचार्य र तारा आचार्यको अभिनय रहेको छ । दृश्य खिच्ने काम विशाल थापाले गरेका छन् ।