मुख्य सामग्रीमा जानुहोस्

तामाकोशी खोलाको बीचमा अलपत्र एक व्यक्ति, उद्धारमा प्रहरी परिचालन

तामाकोशी पाँचौं जलविद्युत आयोजनाको अडिट–१ मा कार्यरत २३ वर्षीय अभियान थामी माछा मारेर फर्किने क्रममा तामाकोशी खोलाको बीच भागमा अलपत्र परेका छन् । खोलामा पानीको बहाव अचानक बढ्दा उनी तर्न नसकी बीचमै रोकिएको प्रहरीले जनाएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

तामाकोशी खोलाको बीच भागमा एक व्यक्ति अलपत्र परेका छन् । दोलखाको बिगु गाउँपालिका–१, सिस्नेरीस्थित तामाकोशी खोलामा दुवैतिर बाढी आउँदा ती व्यक्ति बीचमै अड्किएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

माछा मारेर फर्कने क्रममा अलपत्र

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको अडिट–१ मा कार्यरत कालिञ्चोक गाउँपालिका–४ चप्लेटी निवासी २३ वर्षीय अभियान थामी खोलाको बीच भागमा फसेका हुन् । उनी माछा मारेर फर्किने क्रममा त्यहाँ अलपत्र परेको प्रहरीले बताएको छ ।

साँझ करिब ५ बजेतिर तामाकोशी खोलामा पानीको बहाव अचानक बढेको थियो । बहाव बढेपछि थामी खोला तर्न नसकी बीच भागमा रोकिएका थिए । उनी खोलाको बीचमा अड्किएको सूचना साँझ ८ बजे प्रहरी चौकी रोल्वालिङलाई प्राप्त भएको जानकारी दिइएको छ ।

९ जनाको टोली परिचालन

सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी रोल्वालिङ र इलाका प्रहरी कार्यालय सिंगटीबाट ९ जना प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा खटाइएको छ । उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।