शनिबार साँझ काठमाडौंमा आयोजित इन्फा अवार्ड २०२६ को कार्यक्रममा गायक बाबुल गिरी प्रस्तुतिबीच नै भावुक देखिए। स्टेजमा गीत प्रस्तुत गर्दै गर्दा उनको आँखाभरि आँसु आएको थियो।
बुवाको सम्झनामा आँसु
प्रस्तुतिका क्रममा उनले बुवालाई सम्झिएका थिए। यसै क्रममा उनले छोरा मान्छे भएकै कारण आफू कसैका अगाडि रुन नसक्ने बताए। बुवा बितेको एक वर्षभन्दा बढी भइसक्दा पनि आफू कसैसामु नरोएको उनको भनाइ थियो। उनको भावुक प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकलाई समेत रुवाएको थियो।
प्रस्तुत गीतहरू
कार्यक्रममा बाबुल गिरीले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ को गीत ‘लैजा खबर’ प्रस्तुत गरे। उनले ‘तलाई तलाई शोफिङ गर्देको पैसा फिर्ता ले’ लगायतका गीतमा पनि प्रस्तुति दिए।



