अमेरिका | गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)को चुनाबमा युवा संयोजक पदमा उम्मेदवारी दिएका युवा एनआरएनए अभियान्ता तेज पौडेल(विनोद)ले प्रत्यासी विजय ज्ञावलीको समर्थन पाएका छन् ।
निर्वाचनमा युवा संयोजकमा उम्मेदवार दिने घोषणा गरेका ज्ञावलीले युवाहरु एक आपसमा भिड्न नहुने बन्दै आफूले युवा संयोजकमा उन्मेदवारी नदिने बकाएका छन् ।
उम्मेदवार पौडेलका अनुसार दुई जनाको आपसी कुराकानीपछि यो समझदारी सम्भब भएको हो । युवाहरु एक आपसमा भिड्नुभन्दा मिलेर गए मात्रै समाजमा परिवर्तन ल्याउँदै उदाहरण बन्न सकिन्छ भन्दै पौडेलले आफ्ना अर्का प्रतिद्वन्दिसँग पनि सहमतिको प्रयास जारी राख्ने बताए ।
उम्मेदवारी घोषणा गरेपनि पौडेललाई युवा संयोजकमा सघाएका ज्ञावलीले गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए) को अन्तराष्ट्रिय समन्वय समिती सदस्यमा उम्मेवारी दिएका छन् । विश्वपत्रसँगको टेलिफोन कुराकानीमा ज्ञावलीले गर्छु भन्नेका लागि थुप्रै पद छन् त्यसैले युवाहरु एउटै पदमा सिङघौरी खेल्न आवश्यक नभएको बताए । हामी पहिले पनि एउटै टास्क फोर्समा बसेर काम गरेका छौं, उनले भने विनोदले युवाहरुको वेतृत्व लिँदा एनआरएनलाई फाइदा पुग्छ ।
युवा संयोजकका उम्मेदवार पौडेलले पनि ज्ञावलीलाई धन्यवाद दिँदै निर्वाचनको दौडमा आफ्नो तर्फबाट पुर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्दता जनाएका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए)को आगामी कार्यकाल (२०२३-२०२५) लागि जुलाई २२ र २३ गते निर्बाचन हुँदै छ ।






