मुख्य सामग्रीमा जानुहोस्

पर्साको ढोङ्गही खोलामा डुबेर एक पुरुषको मृत्यु

पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । भैँसी चराउन गएका ती व्यक्ति बेपत्ता भएपछि प्रहरीको संयुक्त टोलीले खोजी गर्दा खोलामै डुबेको अवस्थामा शव भेटिएको थियो ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पर्साको ढोङ्गही खोलामा डुबेर एक पुरुषको मृत्यु
Online Khabar

७ भदौ, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिका–२ अन्तर्गत ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृतक बहुदरमाई नगरपालिका–१ निवासी करिब ६० वर्षीय ब्रह्मदेव राउत अहिर रहेको प्रहरीले बताएको छ ।

अहिर भैँसी चराउन गएका बेला बेपत्ता भएका थिए । उनी बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा परिचालित भएको थियो ।

खोजीका क्रममा ढोङ्गही खोलामै डुबेको अवस्थामा अहिरको शव फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।