मुख्य सामग्रीमा जानुहोस्

लमजुङको मध्यनेपालमा पिङ भाँचिएर तीन जना घाइते

लमजुङको मध्यनेपाल नगरपालिका-१० बरदानमा आइतबार दिउँसो २४ पिर्के पिङ भाँचिएर तीन जना घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था मध्यम रहेको र उनीहरूलाई पोखरास्थित जीएमसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
लमजुङको मध्यनेपालमा पिङ भाँचिएर तीन जना घाइते
Nagariknetwork

लमजुङको मध्यनेपाल नगरपालिका-१० बरदानमा आइतबार दिउँसो पिङ खेल्ने क्रममा २४ पिर्के पिङ भाँचिएर तीन जना घाइते भएका छन्। खेलिरहेकै बेला पिङ अचानक भाँचिएपछि उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय भोर्लेटारले जनाएको छ।

घाइते तीनै जनालाई उपचारका लागि पोखरास्थित जीएमसी अस्पतालमा पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। तीनै जनाको अवस्था मध्यम रहेको पनि प्रहरीले बताएको छ।

घाइते हुनेहरूमा चितवनको भरतपुर महानगरपालिका-११ कैलाश टोलकी २७ वर्षीया अन्जु राना, सोही ठाउँकी ३५ वर्षीया मुना थापा र तनहुँको व्यास नगरपालिका-१ भादगाउँका ४० वर्षीय ज्ञानेन्द्र सुनार छन्।

दुर्घटनामा रानाको हात, खुट्टा र कम्मरमा चोट लागेको छ भने थापाको कम्मर र ढाडमा चोट परेको छ। त्यस्तै सुनारको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।