मुख्य सामग्रीमा जानुहोस्

नेपाली बजारमा सुन र चाँदी सस्तियो

मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको तथ्यांकअनुसार सुन प्रतितोला रु.५०० र चाँदी प्रतितोला रु.६५ ले सस्तिएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

५पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
नेपाली बजारमा सुन र चाँदी सस्तियो
Nagariknetwork

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार सुनको मूल्य प्रतितोला रु.५०० ले घटेको हो।

सोमबार प्रतितोला रु.३ लाख २२ हजार ७०० मा कारोबार भएको सुन मंगलबार रु.३ लाख २२ हजार २०० मा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला रु.४ हजार ९६५ रहेको चाँदी मंगलबार रु.६५ ले घटेर रु.४ हजार ९०० कायम भएको महासंघले जनाएको छ।