मुख्य सामग्रीमा जानुहोस्

भन्सार छलेर भित्र्याइएका १० विद्युतीय स्कुटर वीरगन्जमा प्रहरीद्वारा बरामद

वीरगन्जमा भन्सार छलेर भित्र्याइएका १० विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गस्तीमा खटिएको टोलीले बरामद गरेका ती स्कुटरको बजारमूल्य करिब ८० लाख रुपैयाँ छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भन्सार छलेर भित्र्याइएका १० विद्युतीय स्कुटर वीरगन्जमा प्रहरीद्वारा बरामद
Nagariknetwork

वीरगन्जमा भन्सार राजस्व छुटाई भित्र्याइएका १० विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटिएको प्रहरी टोलीले ती स्कुटर बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद भएका स्कुटर चोरीपैठारी गरी ल्याइएका हुन् । प्रहरी टोलीले गस्तीका क्रममा ती सवारीसाधन फेला पारेर नियन्त्रणमा लिएको उनले बताए ।

बरामद स्कुटरको बजारमूल्य करिब ८० लाख रुपैयाँ रहेको जनाइएको छ । नियन्त्रणमा लिइएका स्कुटर वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।