काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक तय भएको हो ।
यसअघि गत बुधबार मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकले विभिन्न तीन वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । बुधबारको बैठकमा सो निर्णयसहित अन्य विषयमा पनि निर्णय भएको जनाइएको छ ।
२३ असोजमा बोलाइएको बैठकमा कुन कुन विषय प्रवेश गर्नेछन् भन्नेबारे भने आधिकारिक रूपमा जानकारी दिइएको छैन ।







