बैंकका पूर्वअध्यक्ष अधिकारी भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन्। तीनवटा ऋण प्रकरण र ती प्रकरणसँग जोडिएका अनेक कारोबारको विषयमा उनी भ्रष्टाचारी ठहर भएको जनाइएको छ।
तीन ऋण प्रकरणमध्ये एउटा तनहुँसँग जोडिएको छ। तनहुँको अकलादेवी ट्रेडर्सले २५ करोड रुपैयाँ ऋण माग गरेको विषयमा ऋण रकमको २ प्रतिशतका दरले ५० लाख रुपैयाँ मागिएको अभियोग लागेको थियो। सोही प्रकरणसहित अन्य ऋण प्रकरण र कारोबारलाई समेत जोडेर पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचारको ठहर भएको हो।
पूर्वअध्यक्ष अधिकारीविरुद्ध ऋण प्रकरणहरूमा अनेकौं कारोबार भएको विवरण सार्वजनिक भएको छ। तीन ऋण प्रकरणमा भएका यस्ता कारोबारले नै उनलाई भ्रष्टाचारी ठहर गराएको छ।







