मुख्य सामग्रीमा जानुहोस्

जग्गामा हकबन्दी हुँदाहुँदै बैना गराएर पाँच करोड ४० लाख लिएको आरोपमा किरण वैद्य पक्राउ

भक्तपुरको साबिक ताथली गाविस-६ (हाल चाँगुनारायण नगरपालिका-२) स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गामा हकबन्दी कायम रहेकाले बिक्री-वितरण गर्न नमिल्ने जानकारी हुँदाहुँदै बैना कागज गराएर रकम लिएको आरोपमा ७० वर्षीय किरण…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
जग्गामा हकबन्दी हुँदाहुँदै बैना गराएर पाँच करोड ४० लाख लिएको आरोपमा किरण वैद्य पक्राउ
Nagariknetwork

जग्गामा हकबन्दी कायम रहेको र ती जग्गा बिक्री तथा हस्तान्तरण गर्न नमिल्ने जानकारी हुँदाहुँदै बैना कागज गराएर करोडौं रुपैयाँ लिएको आरोपमा काठमाडौं महानगरपालिका-३ घर भई बस्ने ७० वर्षीय किरण वैद्यलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको हो।

प्रहरीले बिहीबार दिएको जानकारीअनुसार भक्तपुरको साबिक ताथली गाउँ विकास समिति-६, हालको चाँगुनारायण नगरपालिका-२, स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हकबन्दीमा परेका कारण बिक्री गर्न नमिल्ने अवस्था थियो। सोही अवस्थाबारे जानकारी रहे पनि उनले ती जग्गा बिक्री गर्ने भन्दै बैना कागज गराएको आरोप प्रहरीको छ।

यस क्रममा वैद्यले बैना बापत पाँच करोड ४० लाख ९६ हजार ९४० रुपैयाँ लिएको परिसरले जनाएको छ।

यस सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएपछि वैद्य फरार रहेका थिए। उनलाई काठमाडौं महानगरपालिका-१, नक्सालबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।