मुख्य सामग्रीमा जानुहोस्

मधेश सरकारले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने

मधेश प्रदेश सरकारको मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री, मन्त्रीलगायत पदाधिकारी र कर्मचारीको एक दिनको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
मधेश सरकारले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
Online Khabar

जनकपुरधाम । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग गर्ने भएको छ ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

बैठकले विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री युवराज भट्टराईले यो जानकारी दिएका हुन् ।

त्यस्तै, सरकारले बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई सहयोगका लागि अपिलसमेत गरेको छ ।

अर्थमन्त्रीका अनुसार सरकारले विपद्को अवस्थामा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।