मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढीको क्षतिबारे छलफल गर्न रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठकबारे संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। बाढीपछि अहिलेसम्म ९५ जनाको शव…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढीको क्षतिबारे छलफल गर्न रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
Online Khabar

रास्वपा सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। पार्टीका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले सभापति लामिछानेले बैठक आह्वान गरेको जानकारी दिएका हुन्।

बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

रसुवाको भोटेकोशीमा अचानक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रहरीले अहिलेसम्म ९५ जनाको शव फेला परेको जनाएको छ।