मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रमा गएका ४० जनाको अवस्था बुझिदिन मकवानपुरवासीको प्रशासनमा आग्रह

मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित क्षेत्रमा गएपछि सम्पर्कविहीन भएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सम्बन्धित निकायसँग बुझ्ने प्रयास भइरहेको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
बाढी प्रभावित क्षेत्रमा गएका ४० जनाको अवस्था बुझिदिन मकवानपुरवासीको प्रशासनमा आग्रह
Nagariknetwork

बाढी प्रभावित जिल्लामा गएपछि सम्पर्कविहीन रहेका ४० जनाको अवस्थाबारे बुझिदिन मकवानपुरका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका छन्।

जिल्लाका विभिन्न स्थानबाट बाढी प्रभावित क्षेत्र पुगेका आफन्तहरूसँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन्। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सो कुराको जानकारी दिए।

उनका अनुसार मकवानपुरमा स्थायी बसोबास भई गोसाइकुण्डलगायत स्थानमा दर्शन तथा घुम्न गएका, सो क्षेत्रमा सवारीसाधन चलाउँदै आएका र अन्य पेशामा संलग्न ४० व्यक्तिका आफन्तले सम्पर्क हुन नसकेको बताउँदै प्रशासनमा बुझिदिन आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले कतिपयको अवस्थाबारे जानकारी हुन नसकेको हुनसक्ने उनले बताए। आफूहरूले प्राप्त अनुरोधअनुसार सम्बन्धित निकायसँग सम्पर्क गरी बुझ्ने प्रयास गरिरहेको उनको भनाइ छ।

हेटौंडा प्रदेशको राजधानी भएकाले विपद्को उद्धार र सहयोगजस्ता कामका लागि आवश्यकता अनुसार सम्बन्धित युनिटहरू परिचालन भइरहेको पनि प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।