काठमाडौं, १२ भदौ । मानव–वन्यजन्तु द्वन्द्वको व्यवस्थापन तथा न्यूनीकरणका लागि गठित प्राविधिक समितिले आफ्नो अध्ययन प्रतिवेदन मन्त्री गीता चौधरीलाई बुझाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको सो प्राविधिक समिति (टास्क फोर्स) ले भदौ १२ गते मन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको हो। प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले देशको हालको अवस्था सामान्य बनेपछि यसको विस्तृत अध्ययन गरी आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने बताइन्।
मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेकाले अवस्था सामान्य भएपछि प्रतिवेदन कार्यान्वयनका विषयमा थप छलफल गरिने उनको भनाइ छ। मन्त्री चौधरीले प्रतिवेदनमा औंल्याइएका सुझावलाई गम्भीरतापूर्वक लिई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक कदम चालिने पनि बताएकी छन्।







