मुख्य सामग्रीमा जानुहोस्

तिब्बती क्षेत्रमा पुनः ताल फुटेपछि प्रहरीद्वारा अलर्ट, सुरक्षित रहन आग्रह

तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले अलर्ट नोटिस जारी गरेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सबैलाई सतर्क रहन भनिएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
तिब्बती क्षेत्रमा पुनः ताल फुटेपछि प्रहरीद्वारा अलर्ट, सुरक्षित रहन आग्रह
Online Khabar

काठमाडौं, भदौ १२। तिब्बती क्षेत्रमा फेरि ताल फुटेपछि नेपाल प्रहरीले सबैलाई सचेत रहन अलर्ट जारी गरेको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीदेखि आम नागरिकसम्म सबैलाई तत्काल सुरक्षित रहन आग्रह गरिएको छ।

प्रहरीले भर्खरै सार्वजनिक गरेको सूचनामा तिब्बती क्षेत्रमा ताल फुटेको जनाउँदै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन भनिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताएका छन्।

प्रजिअ परियारका अनुसार थुनिएको ताल फुटेको भन्दै चिनियाँ पक्षले सूचना दिएको हो। नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्कुलर जारी भइसकेको उनको भनाइ छ।

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको बताइएको छ। छोचेन खोला र पुरेपु त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्।