मुख्य सामग्रीमा जानुहोस्

गोरखाको त्रिशूली किनारमा फेला परेको विस्फोटक पदार्थ सेनाद्वारा नष्ट

बिहीबार दिउँसो त्रिशूली किनारमा देखिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले नष्ट गरेको हो। रसुवाबाट आएको बाढीले सो पदार्थ बगाएर ल्याएको हुनसक्ने गणपति विरोध रिजालको भनाइ छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गोरखाको त्रिशूली किनारमा फेला परेको विस्फोटक पदार्थ सेनाद्वारा नष्ट
Online Khabar

नेपाली सेनाको रुद्रध्वज गणले गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित त्रिशूली नदी किनारमा फेला परेको विस्फोटक पदार्थ नष्ट गरेको छ। गणबाट खटिएको टोलीले उक्त विस्फोटक पदार्थ डिस्पोज गरेको हो।

बिहीबार दिउँसो करिब साढे २ बजे त्रिशूली नदीको किनारमा सो विस्फोटक पदार्थ देखिएको थियो। यसअघि नै डिस्पोज गर्ने प्रयास भए पनि सफल भएको थिएन।

रसुवाबाट आएको बाढीले उक्त विस्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताएका छन्।