काठमाडौं, १२ भदौ । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका निम्ति एक करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ।
विपद्का बेला सरकारलाई साथ दिँदै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले कम्पनीले यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। कम्पनीले यसअघि नै सार्वजनिक रूपमा घोषणा गरेको सो सहयोग रकम कोषसम्म पुगेको बताइएको छ।
यसैबीच, कम्पनीले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। राहत तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित निकायहरूको योगदानको कदर गर्दै उनीहरूप्रति सम्मानसमेत व्यक्त गरेको छ।
कम्पनीले भावी दिनमा पनि राष्ट्र र नागरिकको हितका लागि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तर अगाडि बढाउने धारणा राखेको छ।







