मुख्य सामग्रीमा जानुहोस्

बाढीपीडित राहत कोषमा रतुवामाईबाट ४० लाख, विराटनगर महानगरबाट २५ लाख ५१ हजार

रतुवामाई नगरपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ भने विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीपीडित राहत कोषमा रतुवामाईबाट ४० लाख, विराटनगर महानगरबाट २५ लाख ५१ हजार
Online Khabar

विराटनगर, १२ भदौ । रसुवामा गएको बाढीबाट प्रभावित भएकाहरूको राहतका लागि आह्वान गरिएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि तथा कर्मचारीहरूले प्राप्त गर्ने सात दिनको सुविधा बराबरको रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार जनप्रतिनिधि र अधिकृतस्तर तथा सोभन्दा माथिका कर्मचारीले सात दिनको तलब, अधिकृतस्तरका शिक्षक र सहायकस्तरका कर्मचारीले पाँच दिनको तलब तथा सहायकस्तरका शिक्षक र सोभन्दा तलका कर्मचारीले तीन दिनको तलब कोषमा जम्मा गर्नेछन्।

सो जानकारी रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद सिंह गनगाईले दिएका छन्।

यस्तै, विराटनगर महानगरपालिकाले पनि सोही कोषमा २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

महानगरपालिकाका अनुसार बाँकी रकम जनप्रतिनिधिहरूको सेवा–सुविधा तथा कर्मचारीहरूको मासिक पारिश्रमिकबाट जुटाइने छ।