मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपछि विदुरका वडा १ र ९ जोड्न त्रिशूलीमा तुइन

भोटेकोशी बाढीले सम्पर्क टुटेका विदुर नगरपालिका–१ र ९ बीच त्रिशूली नदीमा तुइन जडान गरिएको छ। मंगलबारदेखि सर्वसाधारण जोखिम उठाउँदै वारिपारि आउजाउ गरिरहेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

४पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपछि विदुरका वडा १ र ९ जोड्न त्रिशूलीमा तुइन
Online Khabar

१६ भदौ, काठमाडौं । भोटेकोशी नदीको बाढीले सम्पर्क टुटेका नुवाकोटको विदुर नगरपालिकाका दुई वडालाई जोड्न त्रिशूली नदीमाथि तुइन जडान गरिएको छ।

गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै विदुर नगरपालिका–१ र ९ बीचको सम्पर्क विच्छेद भएको थियो। बाढीपछि दुई वडाबीचको आवागमन प्रभावित बनेको थियो।

स्थानीयवासीको आउजाउ सहज बनाउन मंगलबार बिहान त्रिशूली नदीमा तुइन जडान गरिएको हो। तुइन जडान भएपछि सर्वसाधारणले जोखिम उठाउँदै वारिपारि आवतजावत गर्न थालेका छन्।