मुख्य सामग्रीमा जानुहोस्

त्रिशूली र तुप्चेका टावरबाट नेपाल टेलिकमको सेवा पुनः सुचारु

रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावर र तुप्चेको बीटीएस टावरबाट नेपाल टेलिकमको सेवा सुचारु भएको छ। सुरुङमार्गमा जारी उद्धारकार्यमा खटिनेहरूका लागि सञ्चारसम्पर्क थप प्रभावकारी हुने भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
त्रिशूली र तुप्चेका टावरबाट नेपाल टेलिकमको सेवा पुनः सुचारु
Online Khabar

नेपाल टेलिकमको सेवा रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत पुनः सञ्चालनमा आएको छ। सो आयोजनाको सुरुङमार्गमा जारी उद्धारकार्यमा संलग्नहरूका लागि सञ्चारसम्पर्क थप सहज हुने भएको छ।

उक्त टावर सञ्चालनका लागि चाहिने जेनेरेटर र इन्धन कम्पनीकै सवारी साधनबाट लगियो। करिब एक घण्टाको बाटो भने मानव ढुवानीमार्फत टावरसम्म पुर्‍याइयो। सञ्चार मन्त्रालयका अनुसार कम्पनीका प्राविधिकहरूले आवश्यक परीक्षण गरेपछि टावर सञ्चालनमा ल्याइएको हो।

यसैगरी, रसुवाकै तुप्चेमा रहेको बीटीएस टावरबाट पनि आजदेखि सेवा सुरु भएको छ। त्यसका लागि जेनेरेटर र इन्धन लिएर प्राविधिकहरू त्रिशूलीबाट हेलिकप्टरमार्फत तुप्चे पुगेका थिए र साइट चालू गरेका हुन्।

तुप्चेको उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजनास्थल वरपर, बेत्रावती तथा कालिकास्थानका केही भागमा नेपाल टेलिकमको सेवा पुनः सुचारु भएको छ।