मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी : ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन

रसुवा बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । इप्पानको पछिल्लो विवरणअनुसार ११ आयोजनाका ८९८ जना सम्पर्कविहीन रहेका छन् । सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ का ५७६ जना बेपत्ता छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी : ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन
Online Khabar

रसुवाको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । बाढीपछिको पछिल्लो विवरणअनुसार ११ जलविद्युत् आयोजनाका ८९८ जना अझै सम्पर्कविहीन रहेका छन् । निजी विद्युत् उत्पादकहरूको संस्था इप्पानले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

इप्पानको तथ्यांकअनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली १ आयोजनामा ५७६ जना बेपत्ता छन् । रसुवामा रहेको २१६ मेगावाट क्षमताको सो आयोजनामा सबैभन्दा बढी सम्पर्कविहीन रहेको देखिन्छ ।

रसुवातर्फका अन्य आयोजनामा समेत बेपत्ताको संख्या उच्च छ । रसुवागढी जलविद्युत् आयोजनाका ९३, लाङटाङ खोला जलविद्युत् आयोजनाका ४२, चिलिमे जलविद्युत् आयोजनाका ८, मेलुङ खोला जलविद्युत् आयोजनाका ७ र रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाका ४ जना बेपत्ता रहेको इप्पानले जनाएको छ ।

नुवाकोटतर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशूली ३ बी आयोजनाका १२२ जना बेपत्ता छन् । यस्तै, माथिल्लो त्रिशूली ३ ए मा ४२, मिडिल त्रिशूली गंगामा २ तथा त्रिशूली र देविघाट जलविद्युत् आयोजनामा एक–एक जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ ।

इप्पानका अनुसार माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ ए र माथिल्लो त्रिशूली ३ बी को सुरुङमा ३०० जना फसेका छन् ।

बाढीपछिको उद्धार कार्य पनि जारी छ । इप्पानको तथ्यांकअनुसार जलविद्युत् आयोजनाहरूबाट हालसम्म ३६१ जनाको उद्धार भइसकेको छ । उद्धार गरिएकामध्ये माथिल्लो त्रिशूली १ का २५४ र लाङटाङ खोलाका १८ जना छन् भने माथिल्लो त्रिशूली ३ बी आयोजनाका ९१ जनालाई जीवितै उद्धार गरिएको छ ।