मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । ग्रुपले आफ्ना कम्पनी, कर्मचारीको एक दिनको तलब र…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग
Online Khabar

१३ भदौ, काठमाडौं । भोटेकोशी नदीको विनाशकारी बाढीमा परी प्रभावित भएकाहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउन्डेसनलगायतका कम्पनीमार्फत यो सहयोग उपलब्ध हुनेछ । ग्रुपका कम्पनीमा कार्यरत कर्मचारीहरूले समेत एक दिनको तलब बराबरको रकम सहयोग गर्नेछन् ।

आइएमई ग्रुपले विश्वका विभिन्न देशबाट नेपाल पठाइने रकममा निःशुल्क रेमिटेन्स सुविधा दिएको छ । खल्ती वाइ आइएमई मोबाइल वालेटमार्फत पनि सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै र निःशुल्क रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । आइएमई फाउन्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग पुर्‍याउने प्रतिबद्धता पनि ग्रुपले जनाएको छ ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावित क्षेत्रमा खाद्यान्न पुर्‍याउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको कम्पनीले जनाएको छ । बाढीमा ज्यान गुमाएका नागरिकप्रति आइएमई ग्रुपले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । उद्धार र राहतका काममा दिनरात खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभारसमेत व्यक्त गरिएको छ ।

यसअघि पनि देशका विभिन्न भागमा आएका बाढी, पहिरो, डुबान, भूकम्प र महामारीजस्ता विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक र मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको बताइएको छ ।