मुख्य सामग्रीमा जानुहोस्

आज काठमाडौंसहित ३३ जिल्लाका साना नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित ३३ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। नुवाकोट र रसुवामा आकस्मिक बाढीको उच्च सम्भावना देखिएकाले नदी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
आज काठमाडौंसहित ३३ जिल्लाका साना नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
Nagariknetwork

बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित ३३ जिल्लामा साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर तथा तिनका आसपासबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

महाशाखाका अनुसार उक्त क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। यसैगरी नुवाकोट र रसुवाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बताइएको छ।

त्यसैले नदी तथा खोलाका आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।