मुख्य सामग्रीमा जानुहोस्

विपद्का कामकारबाहीबारे जानकारी दिन संसद् बैठक तत्काल बोलाउन कांग्रेसको माग

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का कामकारबाहीबारे जानकारी दिन संसद् बैठक बोलाउन माग गरेको छ। बैठकले कांग्रेस सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
विपद्का कामकारबाहीबारे जानकारी दिन संसद् बैठक तत्काल बोलाउन कांग्रेसको माग
Nagariknetwork

नेपाली कांग्रेसले विपद्का बेला सरकारी र गैरसरकारी कामकारबाहीबारे जनतालाई जानकारी दिन संसद्को बैठक तत्काल बोलाउन माग गरेको छ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो माग गरेको हो। विपद्का बेला भएका कामकारबाहीबारे संसद्मा छलफल हुनुपर्ने र त्यसबाट जनतालाई जानकारी दिनुपर्ने बैठकको भनाइ छ।

बैठकबारे प्रमुख सचेतक बासना थापाले जानकारी दिँदै बाढीमा बेपत्ता भएकाहरूको घटना पत्ता लगाउन र समाधानका उपाय खोज्न संसद् सञ्चालन आवश्यक भएको बताइन्।

यसैगरी, बैठकले कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।