काठमाडौँ, भदौ २० । बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक बुझाइएको हो ।
प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाका लागि प्रदान गरिएको सो सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउने कम्पनीको विश्वास छ । साथै, यसले राहतका कामलाई थप सहज बनाउने अपेक्षा पनि कम्पनीले गरेको छ ।
पच्चीस वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट छिटो उकासिन सबैको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ । सोही क्रममा कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा सधैं प्रतिबद्ध रहने पनि बताएको छ ।







