राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले आफ्नो सामाजिक सञ्जाल पोस्टमा अहङ्कारलाई विनाशको मूल कारण दर्शाएका छन्। उनले सो पोस्टमा संस्कृत भनाइ ‘अहङ्कारः विनाशस्य मूलम्’ उल्लेख गर्दै त्यसको नेपाली अर्थसमेत खुलाएका छन्।
“अहङ्कारः विनाशस्य मूलम्। अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो।”
आचार्यको यो अभिव्यक्ति सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक भएको हो।







