मुख्य सामग्रीमा जानुहोस्

नरेफाँटबाट चोरिएका गरगहना खरिदमा संलग्न भनिएका तीनसहित चार जना पक्राउ

काठमाडौंको नरेफाँटस्थित एक घरबाट सुन र चाँदीका गरगहना चोरी गरेको तथा ती गरगहना खरिद गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये एक जना चोरीमा र तीन जना खरिदमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नरेफाँटबाट चोरिएका गरगहना खरिदमा संलग्न भनिएका तीनसहित चार जना पक्राउ
Online Khabar

काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने र ती गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने, महोत्तरीको गौशाला नगरपालिका–५ घर भएकी २९ वर्षीया सावन कुशवाहा; तेह्रथुमको आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु; दोलखाको गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने, भोजपुर नगरपालिका–५ बोखिम घर भएकी ४३ वर्षीया रमिला विक रहेका छन् ।

अनुसन्धानका क्रममा उनीहरूमध्ये सावन कुशवाहा गरगहना चोरीमा संलग्न रहेको तथा पबित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विकले ती गरगहना खरिद गरेको खुल्न आएको छ ।

गत १८ साउनमा सोही घरबाट सुन तथा चाँदीका गरगहना चोरी भई सम्बन्धित व्यक्ति फरार भएको घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।