मुख्य सामग्रीमा जानुहोस्

बजेट पुनर्लेखनको प्रक्रिया तत्काल सुरु गर्ने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ । बजेट होलिडेको अवस्था रहेकाले नवगठित सरकारको नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम सुरु गर्न लागिएको सरकारका प्रवक्ता प्रकाश…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बजेट पुनर्लेखनको प्रक्रिया तत्काल सुरु गर्ने सुदूरपश्चिम सरकारको निर्णय
Online Khabar

बजेट निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन र परिमार्जन गर्दै पुनर्लेखनको प्रक्रिया तुरुन्त सुरु गर्ने निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि चाहिने नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउने अधिकार आर्थिक मामिला मन्त्रालयलाई दिइएको बताए ।

बजेट होलिडेको अवस्था भएकाले नवगठित सरकारको नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल सुरु गर्ने निर्णय भएको उनको भनाइ छ । संशोधन तथा परिमार्जनसहित बजेटलाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने र त्यसको अधिकार आन्तरिक मामिला मन्त्रालयलाई दिने निर्णय पनि बैठकले गरेको मन्त्री रावलले जानकारी दिए ।

यसैगरी, विगत १० महिनादेखि प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत वैकुण्ठप्रसाद अर्यालको सरुवा भएकाले उनलाई धन्यवाद दिँदै बाँकी कार्यकालका लागि शुभकामना दिने निर्णय पनि बैठकले गरेको छ ।