मुख्य सामग्रीमा जानुहोस्

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी प्रभावित नुवाकोटको देवीघाट क्षेत्रको स्थलगत अवलोकन गरे

भोटेकोशीको बाढीले त्रिशूली नदीमा पुर्याएको क्षतिको स्थलगत अवलोकन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार गरेका छन् । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट लगायतका प्रभावित क्षेत्रमा पुगेर उनले बाढीपीडितसँग भेटघाट…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी प्रभावित नुवाकोटको देवीघाट क्षेत्रको स्थलगत अवलोकन गरे
Online Khabar

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको क्षेत्रको स्थलगत अवलोकन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार गरेका छन् । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट लगायतका बाढी प्रभावित क्षेत्रमा पुगेर उनले क्षतिको अवस्था बुझेका हुन् ।

अवलोकनका क्रममा भट्टराईले प्रभावित नागरिकसँग पनि कुराकानी गरेका छन् । बाढीले पुर्याएको क्षतिबारे उनले स्थानीयबाट जानकारी लिएका छन् ।

त्यसैगरी, बाढीपीडितलाई राखिएका विभिन्न होल्डिङ सेन्टरमा पनि उनी पुगेका छन् । ती सेन्टरमा रहेका पीडितसँग उनले छलफल गरेको जनाइएको छ ।

गत ३१ भदौमा सार्वजनिक यो विवरणअनुसार पूर्वप्रधानमन्त्री भट्टराईको अवलोकन बाढीबाट सर्वाधिक प्रभावित क्षेत्रमध्ये एकमा केन्द्रित रहेको थियो ।