मुख्य सामग्रीमा जानुहोस्

इरानविरुद्धको युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट तेस्रोपटक पारित

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धको युद्ध अन्त्य गर्ने युद्धसम्बन्धी अधिकार प्रस्ताव तेस्रोपटक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कंग्रेसको अनुमतिविना सैन्य कारबाही अघि बढाउनबाट रोक्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
इरानविरुद्धको युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट तेस्रोपटक पारित
eKantipur

वासिङ्टन — इरानविरुद्ध जारी युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारिएको युद्धसम्बन्धी अधिकार (वार पावर्स) प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट तेस्रोपटक पारित भएको छ ।

मङ्गलबार राति भएको मतदानमा प्रस्तावका पक्षमा २२० र विपक्षमा २०४ मत परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको स्वीकृति नलिई सैन्य कारबाही निरन्तर राख्न नपाउने गरी ल्याइएको यो प्रस्ताव यसअघि पनि दुईपटक तल्लो सदनबाट पारित भइसकेको छ ।

सांसदहरूका फरक धारणा

प्रस्तावको पक्षमा मत हालेका म्यासाचुसेट्सका डेमोक्रेटिक सांसद् सेथ मोउल्टनले ट्रम्पले यो युद्ध केही सातामै टुङ्गिने बताएको प्रसङ्ग सबैले सम्झनुपर्ने बताए । युद्ध लम्ब्याइरहनुभन्दा कंग्रेसले अब ट्रम्पसँग जवाफदेहिता खोज्ने तथा कडा प्रश्न सोध्ने बेला आएको उनको भनाइ छ ।

अर्कोतर्फ हाउस फरेन अफेयर्स कमिटीका अध्यक्ष एवं फ्लोरिडाका रिपब्लिकन सांसद् ब्रायन मास्टले इरानले अमेरिकालाई निरन्तर चुनौती दिइरहेको अडान राखेका छन् । डेमोक्रेटहरूले कुन कुन सैन्य स्रोत हटाउने लक्ष्य राखेका छन् भनी उनले प्रश्न उठाए । ट्रम्प लामो युद्धको पक्षमा नरहेको र इरानतर्फबाट दशकौंदेखि भइरहेको शत्रुतापूर्ण व्यवहार अन्त्य गर्न चाहेको मास्टले बताए । इरानको खतरा अमेरिकाका लागि कहिल्यै सकिएको छैन भन्ने उनको भनाइ छ ।