लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले सिरहाको लहानमा गोली प्रहार गर्दै ६ जनालाई नियन्त्रणमा लिएको छ। ब्यूरोका अनुसार सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो उक्त कारबाही भएको हो।
नियन्त्रणमा लिनेहरूमा ५ भारतीय र १ नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
कारबाहीका क्रममा एक भारतीय र एक नेपालीको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
