राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषयलाई नेकपा एमालेका सचिव महेश बस्नेतले गम्भीर भनी प्रतिक्रिया दिएका छन्। पक्राउको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने उनको माग छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको उल्लेख गरेका छन्।
पक्राउको कारण खुलाउनुका साथै कानुनी प्रक्रिया पारदर्शी बनाउन पनि उनले आग्रह गरेका छन्। आलोचनाका कारण सरकार डराउनु नहुने र जवाफदेही बन्नुपर्ने उनको भनाइ छ।
फरक मत निषेध गर्दै अलोकतान्त्रिक तथा अधिनायकवादी बाटोतर्फ अघि बढेमा जनआवाज विद्रोहमा परिणत हुन सक्ने चेतावनी पनि सचिव बस्नेतले दिएका छन्। यस्तो प्रवृत्तिले अन्ततः बालेन सरकारलाई नै ठूलो क्षति पुर्याउने उनको दाबी छ।







