अमेरिकाको न्युयोर्कमा रहेको एउटा पिज्जा पसलको झ्यालभित्र मुसा हिँडिरहेको भिडियो सार्वजनिक भएको छ। क्रसगेट मलमा रहेको ‘स्बारो’ नामक पसलमा ब्रेडस्टिकको थुप्रोमाथि मुसा हिँडिरहेको दृश्य उक्त भिडियोमा कैद भएको छ।
सो भिडियो ७न्युज अस्ट्रेलियाले जारी गरेको हो। भिडियो ग्यारी क्याडियक्सले खिचेका हुन्। भिडियोमा देखिएको दृश्यलाई ‘घिनलाग्दो’ भनी प्रस्तुत गरिएको छ।
भिडियो सार्वजनिक भएपछि स्थानीय स्वास्थ्य विभागले सो रेस्टुरेन्टको पुनः निरीक्षण गरेको छ। निरीक्षणपछि रेस्टुरेन्ट फेरि सञ्चालनमा आएको छ।
निरीक्षणका क्रममा त्यहाँ ‘कुनै पनि हानिकारक जीव वा कीराको गतिविधि भएको प्रमाण फेला परेन’ भनिएको छ।







