इटहरीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले बताएका छन्। मेलालाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो धारणा राखेका हुन्।
असोज २० गतेसम्म चल्ने उक्त मेलामा युवाको सिप तथा तालिमलाई रोजगारीसँग जोड्ने विषय प्रमुख रूपमा उठाइएको छ। सिप र रोजगारीका अवसरबीच सन्तुलन कायम गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले युवालाई आफ्नो सक्षमता र बजारको मागबीचको सम्बन्ध बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मेला असोज २० गतेसम्म इटहरीमा जारी रहनेछ।






