मुख्य सामग्रीमा जानुहोस्

विश्वपत्र अनलाइन

फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, यमालविरुद्ध एमबाप्पेको यात्रा समाप्त

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यस पराजयसँगै फ्रान्सेली कप्तान किलियन एमबाप्पेको विश्वकप यात्रा समाप्त भएको छ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा, यमालविरुद्ध एमबाप्पेको यात्रा समाप्त

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। अमेरिकाको डालास स्टेडियममा भएको यस बहुप्रतीक्षित भिडन्तमा स्पेनका युवा खेलाडी लामिन यमालको उत्कृष्ट प्रदर्शनसामु फ्रान्सेली टोली र उनीहरूका स्टार कप्तान किलियन एमबाप्पे निरिह साबित भए। यस हारसँगै फ्रान्सको विश्वकप यात्रा समाप्त भएको छ।

खेलको पहिलो हाफमै स्पेनले पेनाल्टीमार्फत अग्रता लिएको थियो। लामिन यमालकै सक्रियताका कारण स्पेनले पेनाल्टीको अवसर पाएको थियो, जसलाई मिकेल ओजाबायलले गोलमा परिणत गरे। त्यसपछि दोस्रो हाफमा पेड्रो पोरोले स्पेनका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। फ्रान्सको बलियो मानिएको आक्रमण पंक्ति यस खेलमा पूर्ण रूपमा असफल देखियो भने कप्तान एमबाप्पे पनि आफ्नो प्रभाव छाड्न असफल रहे।

यमालविरुद्ध एमबाप्पेको निराशाजनक कीर्तिमान

यो खेलसँगै लामिन यमाल र किलियन एमबाप्पेबीचको व्यक्तिगत प्रतिस्पर्धामा यमाल ६-० ले अगाडि रहेका छन्। सन् २०२४ यता राष्ट्रिय टोली र क्लब फुटबलका विभिन्न नकआउट चरणका खेलहरूमा यमाल सम्मिलित टोलीले एमबाप्पेको टोलीलाई लगातार छैटौँ पटक पराजित गरेको हो। यमालविरुद्ध नकआउट खेलहरूमा एमबाप्पे अझै पनि जितविहीन अवस्थामा छन्।

यो शृंखलाको सुरुवात सन् २०२४ को युरोकप सेमिफाइनलबाट भएको थियो, जहाँ स्पेनले फ्रान्सलाई २-१ ले हराएको थियो। त्यसपछि सन् २०२५ को नेसन्स लिग सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गर्‍यो। क्लब फुटबलतर्फ पनि यमाल आबद्ध बार्सिलोनाले एमबाप्पे आबद्ध रियल मड्रिडलाई २०२५ को सुपर कप फाइनल (५-२), २०२५ को कोपा डेल रे फाइनल (३-२) र २०२६ को सुपरकप फाइनल (३-२) मा पराजित गरेको थियो। अहिले विश्वकपको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले हराएपछि यो कीर्तिमान ६-० पुगेको हो।

उपाधि र व्यक्तिगत अवार्डको होडमा धक्का

फ्रान्सलाई सेमिफाइनलसम्म पुर्‍याउन एमबाप्पेले ८ गोल र ३ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, सेमिफाइनलको पराजयसँगै उनको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी बन्ने लक्ष्यमा ठूलो धक्का लागेको छ। अब सर्वाधिक गोलकर्ताको दौडमा ८ गोल र १ असिस्ट गरेका लियोनल मेसी, समान ६ गोल गरेका इंग्ल्यान्डका जुड बेलिङघम र ह्यारी केन तथा ५ गोल गरिसकेका स्पेनका मिकेल ओजाबायलले एमबाप्पेलाई पछि पार्ने सम्भावना बलियो बनेको छ।

एमबाप्पेले सन् २०१८ मा आफ्नो पहिलो सहभागितामै फिफा विश्वकपको उपाधि जितेका थिए भने २०२२ को विश्वकपमा फ्रान्स फाइनल पुग्दा सर्वाधिक ८ गोल गरेर गोल्डेन बुटको अवार्ड पनि हात पारेका थिए। तर यसपटक भने उनी सेमिफाइनलबाटै बाहिरिनु परेको छ।