मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस १५औँ महाधिवेशन : मतदानको समय सरेर दिउँसो १ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको मतदान आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन समितिका अनुसार प्राविधिक समस्या र व्यवस्थापकीय कारणले मतदानको समय फेरि पछाडि सारिएको हो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
कांग्रेस १५औँ महाधिवेशन : मतदानको समय सरेर दिउँसो १ बजे
Nagariknetwork

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व छनोट गर्न आज हुने भनिएको मतदानको समय फेरि सरेको छ। निर्वाचन समितिले यसअघि बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको भए पनि अब दिउँसो १ बजेबाट मतदान सुरु हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केही प्राविधिक समस्या तथा अन्य व्यवस्थापकीय कारणले मतदानको समय पछाडि सारिएको हो।

यो पटक मतदानको समय परिवर्तन हुनु पहिलो भने होइन। निर्वाचन समितिले सुरुमा बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि समय संशोधन गर्दै बिहान १० बजेबाट मतदान गर्ने भनिएको थियो।

महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्वका लागि हुने यो मतदानले आगामी कार्यकालको नेतृत्व निर्धारण गर्नेछ।