काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी छ । २३ असोजमा सुरु भएको यो बैठक स्थायी कमिटीको दोस्रो दिनको बैठक हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
दोस्रो दिनको बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी सहभागी छिन् । वरिष्ठ नेतामा मनोनीत भएपछि उनी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।
हिजोदेखि जारी बैठकमा भण्डारीको उपस्थितिलाई पार्टीभित्र महत्त्वपूर्ण मानिएको छ । बैठकको कार्यसूचीबारे भने खुलाइएको छैन ।







