मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु गर्न उम्मेदवारसँग निर्वाचन समितिको परामर्श

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उपसभापति र महामन्त्री पदको मतगणना सुरु गर्नुअघि ती पदका उम्मेदवारहरूसँग परामर्श गरिरहेको छ । सानेपामा बसिरहेको बैठकमा उपसभापति र महामन्त्रीका उम्मेदवार मात्र सहभागी छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु गर्न उम्मेदवारसँग निर्वाचन समितिको परामर्श
Online Khabar

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उपसभापति र महामन्त्री पदको मतगणना सुरु गर्नुअघि ती पदका उम्मेदवारहरूसँग छलफल गरिरहेको छ । मतगणनाका सन्दर्भमा आवश्यक परामर्श गर्न समितिले उम्मेदवारहरूलाई बैठकमा बोलाएको हो ।

सानेपामा सुरु भएको बैठकमा उपसभापति र महामन्त्री पदका उम्मेदवार मात्र सहभागी रहेको बताइएको छ । उनीहरूसँगको छलफल टुंगिएलगत्तै मतगणनामा जाने तयारी समितिको छ ।

सभापति पदको गणना सम्पन्न

निर्वाचन समितिले यसअघि शुक्रबार राति सभापति पदका लागि भएको मतदानको गणना राष्ट्रिय सभागृहमा सम्पन्न गरेको थियो । सोही गणनामा थापाले प्रतिस्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भए ।

थापाले ६ हजार ५८४ मत पाएका छन् भने खड्गीले ३७५ मत मात्र प्राप्त गरेका छन् ।

सभापति पदको परिणाम सार्वजनिक भइसकेकाले अब अन्य पदाधिकारीको मतगणना प्रक्रिया अगाडि बढ्नेछ । उम्मेदवारहरूसँगको परामर्श सकिएपछि गणना थाल्ने समितिको तयारी छ ।