टेक कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएपछि कम्पनीले अन्तरिम सीईओको जिम्मेवारी कोलेट क्रेसलाई दिएको छ। हुआङ विवाहेत्तर सम्बन्धको विवादमा परेका थिए।
क्रेस सन् २०१३ सेप्टेम्बरमा एनभिडियामा आबद्ध भएकी हुन् र त्यसबेलादेखि नै कम्पनीमा कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृतका रूपमा कार्यरत छिन्। कम्पनीको सञ्चालक समितिका अनुसार उनले वित्तीय विभागको नेतृत्व गर्दै कम्पनीको विकास तथा रूपान्तरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी छिन्।
एनभिडियामा जानुअघि क्रेसले सिस्को र माइक्रोसफ्टलगायतका प्रमुख प्रविधि कम्पनीहरूमा वित्तीय क्षेत्रमा करिब २५ वर्ष काम गरेकी छिन्।
अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि क्रेसले कम्पनीको शक्ति सधैँ यहाँका कर्मचारीबाट आएको बताएकी छिन्।
‘एनभिडियाको शक्ति सधैँ यसका कर्मचारीहरूबाट आएको छ। हाम्रो नेतृत्व टोलीसँग मिलेर, विगत ३३ वर्षमा जेन्सेनले निर्माण गरेको असाधारण आधारलाई अझ अगाडि बढाउन म प्रतिबद्ध छु।’
उनले हुआङले निर्माण गरेको आधारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।







