मुख्य सामग्रीमा जानुहोस्

माइक्रोसफ्टका टिम्स, आउटलुक र कोपाइलटमा अवरोध, विश्वभर प्रयोगकर्ताको गुनासो

बिहीबार माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। टिम्स, आउटलुक र कोपाइलट नचलेको भन्दै विश्वभरका प्रयोगकर्ताले गुनासो गरेका छन् भने कम्पनीले सेवा पुनः सञ्चालनमा ल्याउन प्रयास जारी रहेको बताएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
माइक्रोसफ्टका टिम्स, आउटलुक र कोपाइलटमा अवरोध, विश्वभर प्रयोगकर्ताको गुनासो
Nagariknetwork

माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार कनेक्टिभिटीको समस्या देखिएको छ। कम्पनीको सन्देश सेवा टिम्स, इमेल सेवा आउटलुक तथा एआई सफ्टवेयर कोपाइलटले काम नगरेको भन्दै विश्वभरका प्रयोगकर्ताले गुनासो गरेका छन्।

अवरोध देखिएपछि कम्पनीले सेवा पुनः सञ्चालनमा ल्याउन समस्या समाधानको काम भइरहेको जनाएको छ। माइक्रोसफ्टका अनुसार आफ्नो पूर्वाधारको एउटा हिस्सामा आवश्यकताभन्दा बढी भार परेका कारण कनेक्टिभिटीमा समस्या आएको हो।

यो समस्या सबैभन्दा पहिले अमेरिकामा देखिएको कम्पनीले बताएको छ। तर यसबाट जुनसुकै क्षेत्रका प्रयोगकर्ता पनि प्रभावित हुन सक्ने जनाइएको छ।

गुनासोको चाप

सेवामा आएको अवरोध निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार भारतीय समयअनुसार बिहीबार राति करिब १२ बजे बेलायतमा माइक्रोसफ्टका सेवासम्बन्धी गुनासोमा अचानक वृद्धि भएको थियो।

त्यस्तै अमेरिकामा पनि भारतीय समयअनुसार बिहीबार राति करिब ११ः४५ बजेसम्म माइक्रोसफ्ट आउटलुकमा समस्या आएको भन्दै एक लाख ३१ हजारभन्दा बढी गुनासो दर्ता भएका थिए।