सोमबार देशका हिमाली भेग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ र बिजुली चम्किनेसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने पूर्वानुमान छ।
तर कर्णाली तथा सुदूरपश्चिमका पहाडी भेग र तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ।
पोखरा, धनकुटा र ताप्लेजुङमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यी तीनै सहरमा वर्षाको सम्भावना २० प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकामा भने आंशिक बदली रहनेछ। रातको समयमा तापक्रम १२ देखि १४ डिग्री सेल्सियसका बीच रहने र सोमबार दिनको तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ।
तेराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ। धनगढी, भैरहवा, सिमरा, विराटनगर र जनकपुरलगायतका स्थानमा बिहान हुस्सु देखिन सक्ने महाशाखाले जनाएको छ।







