सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच प्रस्तावित खेलअघि मैदानमाथिको कभर हटाउने काम सुरु भएको छ। मौसममा सुधार आई घाम लाग्न थालेपछि यो खेल तालिकाअनुसारै सञ्चालन हुने सम्भावना बलियो बनेको हो।
खेल साँझ ५ बजे सुरु हुने तालिका छ। यद्यपि खेल सुरु गर्नका लागि अन्तिम समयसीमा अर्थात् ‘कट अफ’ साँझ ७ः४१ बजेसम्म कायम गरिएको छ। सो समयभित्र खेल सुरु गर्न सकिएमा खेल हुने बाटो खुला रहन्छ।
वर्षाका कारण मैदान भिजेपछि कभरले ढाकिएको थियो, जसले खेल हुने–नहुनेबारे अन्योल सिर्जना गरेको थियो। कभर हटाउने काम सुरु भएसँगै खेलका लागि मैदान तयार पार्ने प्रयास अघि बढेको छ।







