मुख्य सामग्रीमा जानुहोस्

लोकेश बमको ८७ रनमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको चुनौती

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन जोड्यो। लोकेश बमले ५२ बलमा नौ छक्कासहित ८७ रन बनाए भने कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
लोकेश बमको ८७ रनमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको चुनौती
eKantipur

काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्ससामु जितका लागि १ सय ८७ रनको लक्ष्य राखेको छ। टस गुमाएर पहिले ब्याटिङ गर्ने क्रममा विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८६ रन बनायो। जारी प्रतियोगितामा यो अहिलेसम्मको सर्वाधिक ठूलो स्कोर हो।

विराटनगरको पारीलाई लोकेश बमले आक्रामक ढंगले अगाडि बढाए। ५२ बलको सामना गरेका उनले तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रन बनाए। सोमपाल कामीको बलमा क्याच एन्ड बोल्ड भएर फर्किनुअघि उनले एन्जेलो म्याथ्युजसँग मिलेर तेस्रो विकेटका लागि ४१ बलमा ७१ रनको साझेदारी गरे। म्याथ्युजले २३ बल खेल्दै चार चौकासहित ३१ रन जोडे।

हुसैन तलातले फालेको चौधौं ओभर विराटनगरका लागि सबैभन्दा महँगो साबित भयो। त्यो ओभरमा टोलीले २४ रन जोड्यो, जसमा लोकेशले दुई छक्का र एक चौका प्रहार गरेका थिए।

सोमपालको चार विकेट

कर्णालीका कप्तान सोमपालले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। उनले लोकेश, म्याथ्युज र आन्द्रे रसेललाई आउट गर्दै विराटनगरलाई अझ ठूलो स्कोर बनाउनबाट रोक्ने प्रयास गरे।

यसअघि लोकेशका ओपनिङ साथी इमरान शेख मार्क वाटको बलमा आउट भएका थिए। चारिथ असलंकाले तीन रन मात्र बनाउन सके भने सेहन जयसूर्या ११ रनमा दोस्रो रन लिने प्रयासमा रनआउट भए।