मुख्य सामग्रीमा जानुहोस्

रोटरी डिस्ट्रिक्ट ३२९२ को मेगा रक्तदान अभियानमा ५१९ पिन्ट रगत सङ्कलन

रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले देशव्यापी रूपमा सञ्चालन गरेको मेगा रक्तदान अभियानबाट ५१९ पिन्ट रगत सङ्कलन भएको छ। काठमाडौं उपत्यकासहित दाङ, रुपन्देही, धरानलगायतका स्थानमा रोटरी क्लबहरूले रक्तदान कार्यक्रम आयोजना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
रोटरी डिस्ट्रिक्ट ३२९२ को मेगा रक्तदान अभियानमा ५१९ पिन्ट रगत सङ्कलन
Online Khabar

रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले देशभर एकै समयमा सञ्चालन गरेको मेगा रक्तदान अभियानमा ५१९ पिन्ट रगत सङ्कलन भएको छ। कात्तिक २० र २१ गते सञ्चालित उक्त अभियानमा एक हजारभन्दा बढी व्यक्ति सहभागी भएको डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले जानकारी दिए।

अभियानलाई देशभर छरिएका रोटरी क्लबहरूले स्थानीय स्तरमा कार्यक्रम आयोजना गरेर सघाएका थिए। सहभागी क्लबहरूले आ–आफ्नो क्षेत्रमा रक्त सङ्कलन केन्द्र तथा शिविरको व्यवस्था गरेका थिए।

  • रोटरी क्लब अफ मध्यपुर — चापाचो–थिमी

  • रोटरी क्लब अफ दाङ — कौशी क्याफे

  • रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रो — रोटरी भवन, थापाथली

  • रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपति — प्राइम सीए कलेज, नयाँ बानेश्वर

  • रोटरी क्लब अफ रुपन्देही — बुटवल

  • रोटरी क्लब अफ कीर्तिपुर — कीर्तिपुर नगाउँ दोबाटो

  • रोटरी क्लब अफ गोँगबु र रोटर्याक्ट क्लब अफ गोँगबु नर्थ — बालाजु चोक

  • रोटरी क्लब अफ धरान फुटहिल्स — विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

  • रक्तदान शिविरहरूमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा सहयोगी संस्थाहरूको पनि उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। विभिन्न क्षेत्रबाट भएको सहभागिताले अभियानलाई सामूहिक मानवीय सेवाको रूप दिएको उसको भनाइ छ।

    ‘आफूभन्दा माथि सेवा’ को सन्देश

    डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकता परेका व्यक्तिको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। रक्तदानलाई सामान्य सामाजिक सहभागिताका रूपमा मात्र नहेरी अरूको प्राण बचाउने मानवीय कर्मका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।

    यसैगरी, डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले ‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने सन्देशका साथ चलाइएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ भन्ने भावनालाई व्यवहारमा उतारेको बताए।