नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलमा चितवन राइनोजले टस जितेको छ । टस जितेपछि चितवनले फिल्डिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएको हो ।
चितवनका कप्तान शिन्दर राजाले टस जितेर यो निर्णय गरेका हुन् । उनको टोलीले पहिले बलिङ गर्ने र काठमाडौंले इनिङ्स सुरु गर्ने भएको छ ।
यसअघि चार खेल खेलेको काठमान्डु ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा जित हासिल गरेको उसले एक खेलमा भने हार बेहोरेको छ ।
चितवन भने पाँच अंकसहित चौथो स्थानमा रहेको छ । चार खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको चितवनको एक खेल रद्द भएको थियो ।







